विज्ञापन

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना, स्वास्थ्य अवस्था सुधारोन्मुख

विज्ञापन
Image
विज्ञापन

१३ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।

चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई मंगलबार बेलुका धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो ।

उनकी छोरी मानुषी यमी भट्टराईले दिएको जानकारीअनुसार चिकित्सकहरूले उनमा बिनाइन पारोक्सिस्मल पोजिसनल भर्टिगोको लक्षण देखिएको बताएका छन् ।

मानुषीले उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अन्य सबै स्वास्थ्य परीक्षण रिपोर्टहरू सामान्य रहेको बताएकी छन् । अहिले डा. भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनले जानकारी दिएकी छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन