विज्ञापन

घोराही किराना व्यवसायी समितिमा निरन्तरता: पाण्डे पुनः अध्यक्षमा निर्वाचित

विज्ञापन
Image
विज्ञापन

घोराही, दाङ — गल्ला तथा किराना व्यवसायी समिति घोराहीको १४औँ साधारणसभा तथा पाँचौँ अधिवेशनले वर्तमान अध्यक्ष विनोद प्रसाद पाण्डेलाई पुनः नेतृत्वको जिम्मेवारी सुम्पिएको छ।

शनिबार सम्पन्न अधिवेशनले पाण्डेलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गर्दै संगठनको निरन्तरतामा जोड दिएको छ। व्यवसायीहरूको सर्वसम्मत सहभागितामा भएको निर्वाचनपछि एक सदस्य पछि थपिने गरी १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो।

नवनिर्वाचित समितिमा उपाध्यक्ष गोपाल खनाल, सचिव सुरज सुवेदी, सह–सचिव थानेश्वर बुढा, कोषाध्यक्ष घनश्याम खनाल तथा सह–कोषाध्यक्ष मुक्तिराम खनाल रहेका छन्।

त्यसैगरी सदस्यहरूमा ईश्वरी भुसाल, वसन्त गौतम, तारा वली, खिमराज भण्डारी, खिमबहादुर खत्री, बलबहादुर खड्का, सुनिल घिमिरे र शरद डाँगी चयन भएका छन्।

अधिवेशनले व्यवसायीहरूको हकहित संरक्षण, बजार व्यवस्थापन सुधार तथा संगठनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने विषयलाई मुख्य प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

स्थानीय व्यवसायीहरूले नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै समितिले आगामी दिनमा अझ सक्रिय भूमिका खेल्ने अपेक्षा गरेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन