बुटवल २८, भदौ। दशैं तथा चाडपर्वको रौनकसँगै नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै मोटरसाइकल तथा स्कुटरको आध **जगदम्बा मोटर्स प्रा.लि.**ले ‘TVS Golden Key’ नामक विशेष फेस्टिभ अफर सार्वजनिक गरेको छ।
नेपालमा TVSका मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरण गर्दै आएको जगदम्बा मोटर्सले ल्याएको यस योजनाले टीभीएसको नयाँ सवारी खरिदलाई थप रोमाञ्चक बनाउने भएको छ। योजनामा ग्राहकले १० लाख रुपैयाँसम्मको क्यास बेनिफिट प्राप्त गर्ने अवसर पाउनेछन्।

त्यस्तै, TVS Golden Key अन्तर्गत ग्राहकले Gold Key जित्ने तथा आफ्नो खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने अवसरसमेत पाउनेछन्।
हरेक दिन २ जनालाई ५ वर्षसम्म निःशुल्क सर्भिस
जगदम्बा मोटर्सको यो योजनाको अर्को आकर्षण ५ वर्षसम्म निःशुल्क सर्भिस हो। कम्पनीका अनुसार अभियानअन्तर्गत हरेक दिन २ जना भाग्यशाली ग्राहकले उक्त सुविधा प्राप्त गर्नेछन्।
नयाँ TVS खरिद गर्न चाहने ग्राहकका लागि फाइनान्स सुविधा पनि सहज बनाइएको छ। नागरिकता र लाइसेन्सको प्रतिलिपिबाटै फटाफट फाइनान्स गर्न सकिने व्यवस्था अभियानमा रहेको जनाइएको छ।

देशभर TVS Golden Key, बुटवलमा Balaji Automobiles
जगदम्बा मोटर्सको यो विशेष TVS Golden Key अफर देशभर रहेका आधिकारिक TVS शोरुमहरूमा उपलब्ध हुनेछ। बुटवलका ग्राहकहरूले भने मिलनचोक नजिकै रहेको Balaji Automobilesमा पुगेर टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा योजनामा सहभागी हुन सक्नेछन्।
१० लाखसम्म क्यास बेनिफिट, १००% सम्म क्यासब्याक, Gold Key र ५ वर्षको निःशुल्क सर्भिस—जगदम्बा मोटर्सले ल्याएको TVS Golden Key यसपालिको चाडपर्वमा टीभीएसप्रेमी ग्राहकका लागि आकर्षक अवसर बनेको छ।
अफरका सम्पूर्ण सुविधा तथा पुरस्कार कम्पनीले तोकेको नियम तथा सर्तअनुसार लागू हुनेछन्।
















